नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारसम्मका लागि सारियो
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकमा पेस गर्नुपर्ने एजेन्डा बारे सहमति जुट्न नसकेपछि कार्यसम्पादन समितिको बैठक मंगलबार सम्मका लागि सारिएको छ।
प्रमुख निर्णयका बिषयमा पार्टी नेताहरूबीच असहमतिका कारण सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठकलाई अब मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा विषयमा सहमति बन्ने अपेक्षा गरिएको थियो ।
तर उक्त विषयमा अझै निर्णयमा पुग्न नसक्दा बैठक सारिएको हो । यसैबीच नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भने मंगलबार दिउँसो १ बजे तय गरिएको छ। यो बैठकको मिति भने यथावत रहेको जानकारी दिइएको छ।







