आज जेनजी शहीद दिवस मनाइँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आज देशभर जेनजी शहीद दिवस मनाइँदै छ।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना तथा सम्मानमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। गत २३ भदौमा भएको जेनजी आन्दोलनपछि देशको राजनीतिक अवस्थामा ठूलो परिवर्तन आएको थियो।
आन्दोलनपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदानको स्मरण गर्दै सरकारले आज विभिन्न कार्यक्रम आयोजना गरी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने जनाएको छ।
गत १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।







