मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ४ हजार ७ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।







