राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।

राष्ट्रपति पौडेलले देश तथा जनताको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन्। पूजाआराधनापछि उनले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन्।