एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

User Image Prime TV News १ हप्ता अगाडि
Image of एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा प्रतिवादी बनाइएका पाँडे सोमबार जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसका लागि उपस्थित भएका थिए। थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले माग गरेको धरौटी रकम बुझाएपछि उनी सोमबार नै रिहा भएका छन्। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा साउन २७ गते पाँडेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । पाँडेविरुद्ध संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।

यसअघि एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पनि ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।