सुनको मूल्यमा गिरावट, तोलाको तीन लाख दुई हजार ४०० रुपैयाँ
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (भदौ २४) सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले सस्तिएर चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ ।







