नेपाली बजारमा बढ्यो सुन–चाँदीको भाउ
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।
बुधबार प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको भाउ बिहीबार भने प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ५ रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औंस ४ हजार ४ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







