उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाह समक्ष आफ्नो राजीनामा बुझाएकी हुन्। उनको राजीनामाको पुष्टि गर्दै सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्। यादवले किन राजीनामा दिइन् भन्नेबारे भने विस्तृत कारण सार्वजनिक भइसकेको छैन।
यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् । यस्तै मन्त्री यादवको राजीनामासँगै मन्त्रिपरिषद् पुनर्गठनको विषयसमेत चर्चामा आएको छ।







