नेप्से १३.८५ अंकले घट्यो, कारोबार रकम ४ अर्बमा सीमित

User Image Prime TV News ४ दिन अगाडि
Image of नेप्से १३.८५ अंकले घट्यो, कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ।

नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा झरेको हो। आज कुल ३४१ कम्पनीका सेयर कारोबार भएका थिए। जसमध्ये ६७ कम्पनीको सेयरमूल्य बढ्दा २०० कम्पनीको मूल्य घटेको छ। यस्तै ११ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन।

बिहीबार १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर ४४ हजार १९८ पटकको कारोबारबाट किनबेच भएका छन्। दिनभर भएको कारोबारको कुल रकम ४ अर्ब ९ लाख ७२ हजार रुपैयाँ रहेको छ। यो रकम अघिल्लो दिनको तुलनामा करिब ५ प्रतिशत कम हो।

आज सेयरबजारमा सूचीकृत सबै समूहगत परिसूचकमा गिरावट आएको छ। उत्पादनशील तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशतले घटेको छ। बिहीबारको कारोबारमा लिवर्टी इनर्जी कम्पनी, दोल्ती पावर कम्पनी, अपर लोहोरे खोला हाइड्रोपावर, इमर्जिङ नेपाल र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

त्यस्तै, सिन्धु विकास बैंक, प्रभु सेलेक्ट फण्ड, प्रभु स्मार्ट फण्ड, कर्पोरेट डेभलपमेन्ट बैंक र सुभम पावरका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन्। कारोबार रकमका आधारमा भने लिवर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार ६३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।