नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

User Image Prime TV News ४ दिन अगाडि
Image of नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले नयाँ उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरेका छन्।

उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई नियुक्त गर्न प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। उनको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।

साह निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट निष्काशनमा परेपछि साहले आफ्नै राजनीतिक दल गठन गरेका थिए। यादवको राजीनामापछि उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने तयारी गरिएको हो।