प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई स्वीकृति दिएको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ।

महासभामा सहभागिता जनाएर प्रधानमन्त्री नेतृत्वको टोली असोज १० गते नेपाल फर्किने कार्यक्रम रहेको मन्त्री पोखरेलले जानकारी दिए। संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।