प्रतिनिधिसभाको बैठक आज, दुई विधेयकमाथि छलफल हुने

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रतिनिधिसभाको बैठक आज, दुई विधेयकमाथि छलफल हुने

काठमाडौ । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा यी दुवै विधेयकमाथि प्रतिनिधिसभामा छलफल अघि बढ्नेछ ।