सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि घट्यो

User Image Prime TV News ४ दिन अगाडि
Image of सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि घट्यो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

एकैदिन सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ निर्धारण गरिएको छ। बिहीबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेको हो।

यो साताको सुरुवातमा भने सुनको मूल्य अझै उच्च थियो। आइतबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ त्यसपछि क्रमशः घट्दै शुक्रबार ३ लाख १ हजार रुपैयाँमा आइपुगेको हो। यस्तै, चाँदीको मूल्यमा पनि शुक्रबार गिरावट देखिएको छ।

महासंघका अनुसार चाँदीको भाउ प्रतितोला २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको थियो।