प्रतिनिधिसभाको असोज १५ सम्मको सम्भावित कार्यतालिका स्वीकृत

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रतिनिधिसभाको असोज १५ सम्मको सम्भावित कार्यतालिका स्वीकृत

काठमाडौ । प्रतिनिधिसभाको असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृत भएको छ।

सभामुख डीपी अर्यालको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १५ गतेसम्म सदन सञ्चालन गर्ने सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गरेको हो।

सभामुखको सचिवालयका अनुसार बैठकमा आगामी दिनमा प्रतिनिधिसभा सञ्चालनका विषयमा छलफल भएको थियो। छलफलपछि असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकालाई आवश्यक परिमार्जनसहित अनुमोदन गरिएको हो।

यसैबीच, दसैंअघि प्रतिनिधिसभाको बैठक असोज १६ गतेसम्म सञ्चालन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ। दसैं नजिकिँदै गर्दा सदनको बैठक सञ्चालन, विधेयक तथा अन्य संसदीय कामकारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको हो।