राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

User Image Prime TV News ३ दिन अगाडि
Image of राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्। संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेसी आयोगले प्रतिवेदन पेस गरेको हो।

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक गतिविधि तथा कार्यसम्पादन समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको हो।