नेपालले कतारलाई १४८ रनको लक्ष्य दियो

User Image Prime TV News ३ महिना अगाडि
Image of नेपालले कतारलाई १४८ रनको लक्ष्य दियो

काठमाडौ । ओमानमा जारी आईसीसी टी२० विश्वकप एसियाइस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन जोड्यो। नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीको पारी सम्हाले। उनले ४१ बलमा ५ चौका र २ छक्का सहित ५८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले २६ रनको योगदान दिए भने अन्य ब्याटरहरूले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ रनमा आउट भए। नन्दन यादव १ रनमा अविजित रहे।

कतारका बलरहरू उत्कृष्ट लयमा देखिए। डेनियल आर्चर, मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३३ विकेट लिए।अब जितका लागि कतारले १४८ रनको लक्ष्य पछ्याउनुपर्नेछ।