साताको अन्तिम कारोबारमा नेप्से २८ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार
Prime TV News ३ दिन अगाडि काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा उत्साह देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको छ। बजारमा देखिएको वृद्धिसँगै अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको छ। शुक्रबार कारोबार भएका कम्पनीमध्ये २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ। त्यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
कारोबार रकम पनि उल्लेख्य रहेको छ। दिनभर ४ अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यस क्रममा १ करोड २० लाख कित्ता सेयर ४९ हजार पटक खरिद–बिक्री भएका छन्। शुक्रबार उपकार लघुवित्त, अभियान लघुवित्त, सिन्धु विकास बैंक, सर्वोत्तम पेन्ट्स र एनसीसी डिबेन्चर लगायतका कम्पनीका लगानीकर्ता उच्च कमाउनेमा परेका छन्।
बजारका १३ वटै समूहगत सूचक बढेका छन्, जसले समग्र बजारमा व्यापक सुधार देखिएको संकेत गरेको छ। साताको अन्तिम कारोबारमा अधिकांश कम्पनीको मूल्य बढेसँगै नेप्से परिसूचक पनि करिब २८ अंकले उकालो लागेको हो।







