कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

User Image Prime TV News २ दिन अगाडि
Image of कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सबै प्रदेश सभापतिलाई समेत उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा पार्टीका समसामयिक विषय तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने जनाइएको छ।