नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

User Image Prime TV News २ दिन अगाडि
Image of नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ रहेको छ।

यसरी दुई कारोबार दिनको अवधिमा सुन प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले महँगिएको छ।