सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा आज अदालतमा
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस आज हुँदैछ। बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्ने विषयमा आदेश सुनाउनेछ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई आइतबार पक्राउ गरेको थियो। त्यसअघि, जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते महराविरुद्ध सुन तस्करीसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
अभियोजनपक्षले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरेको छ।
महरामाथि विद्युतीय चुरोटमा लुकाइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।







