प्रधान सेनापति सिग्देल आज चीन भ्रमणमा जाँदै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा गएका छन्।
चीनको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि चीन गएका हुन्। नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देलले चीन भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछन्। स्रोतका अनुसार उनी चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन्।
भ्रमणका क्रममा उनले चिनियाँ उच्च अधिकारीहरूसँग भेटवार्ता तथा अन्य उच्चस्तरीय कार्यक्रममा समेत सहभागिता जनाउने बताइएको छ। प्रधान सेनापति सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ।







