तीजको दिन सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

User Image Prime TV News एक दिन अगाडि
Image of तीजको दिन सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ थियो।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ४० रुपैयाँ कम हो।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ९६१ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।