साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ६८ करोड
Prime TV News २१ घण्टा अगाडि काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ।
नेप्से २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको हो। आज ३३६ कम्पनीका सेयर कारोबार हुँदा २२६ कम्पनीको सेयरमूल्य बढेको छ। ४७ कम्पनीको सेयरमूल्य घट्दा दुई कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबारका क्रममा कुल १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता सेयर ४९ हजार ७४ पटकको कारोबारबाट किनबेच भएको छ। आज कुल कारोबार रकम ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा ७.५३ प्रतिशत बढी हो।
आज सेयर बजारमा सूचीकृत समूहहरूमध्ये म्युचुअल फन्ड समूहको परिसूचकबाहेक सबै समूहका परिसूचक बढेका छन्। वित्त समूहको परिसूचक सबैभन्दा धेरै १.६७ प्रतिशतले उकालो लागेको छ। आजको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, त्रिशूली जलविद्युत कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र मल्टिप्रपोज फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन्।
यता, उपकार लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, सनराइज फोकस इक्विटी फन्ड, सानिमा बैंकका डिबेञ्चर तथा इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।







