सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ

User Image Prime TV News २० घण्टा अगाडि
Image of सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ

काठमाडौ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।

प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबीच भएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबारको गेटबाटै नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

‘पक्राउ गरेर उनलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको छ,’ एसएसपी घिमिरेले भने। प्रधानमन्त्री शाहले सोमबार बाढी तथा विपद्बाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए। अध्यक्ष तामाङ पनि उक्त छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए।

छलफलमा बाढीपछिको अवस्था, प्रभावित क्षेत्रमा तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका विषयमा जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री शाहले जानकारी लिएका थिए।