सप्तकोशीमा पानीको बहाव खतराको तहमा, ब्यारेजका २३ ढोका खोलिए
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्।
ब्यारेज नियन्त्रण कक्षका अनुसार आज बिहान ७ः१५ बजे सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७ सय ७५ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव अझै तीव्र गतिमा बढिरहेको जनाइएको छ।
जलसतह खतराको बिन्दुमा पुगेपछि ब्यारेजका ढोका खोलिएको हो। पानीको बहाव बढ्दै गएपछि कोशी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई नदी आसपास नजान तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।







