नेपाली बजारमा सुन–चाँदीको भाउ घट्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको भाउ घट्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ घटेर ३ लाख १ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ। सोमबार ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ४ हजार ६ सय रुपैयाँ मा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ३ सय ७ अमेरिकी डलर मा कारोबार भइरहेको छ।