भोटेकोसी बाढीबारे उच्चस्तरीय संसदीय समिति गठन गर्न कांग्रेसको माग

User Image Prime TV News ४२ मिनेट अगाडि
Image of भोटेकोसी बाढीबारे उच्चस्तरीय संसदीय समिति गठन गर्न कांग्रेसको माग

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्याललाई भोटेकोसी बाढीबारे उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्दै ध्यानाकर्षण गराएका छन्।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा आङ्देम्बेले भदौ ११ गते बसेको सर्वदलीय बैठकले गरेको निर्णय अनुसार बाढी प्रभावित क्षेत्रको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने बताएका हुन्।

सर्वदलिय बैठकले उच्चस्तरीय संसदीय समिति गठन गर्ने प्रस्तावमा दलहरु बिच सहमती  जनाए पनि अहिले सम्म गठन हुन सकेको छैन । भेटका क्रममा उनले संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न पनि माग गरेका छन्। संसद्लाई प्रभावकारी र जनउत्तरदायी बनाउन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने तयारीमा रहेको विषयमा पनि आङ्देम्बेले सभामुखमार्फत आफ्ना सुझाव प्रस्तुत गरेका छन्। भेटमा बाढीपछिको अवस्थाका साथै संसद्को प्रभावकारिता र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ।