मुगु केन्द्रबिन्दु भएर बिहान दुई पटक भूकम्प

User Image Prime TV News ५ घण्टा अगाडि
Image of मुगु केन्द्रबिन्दु भएर बिहान दुई पटक भूकम्प

काठमाडौ । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसैगरी बिहान ४ः२८ बजे मुगुलाई नै केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

लगातार दुई पटक भूकम्प गए पनि यसबाट भएको क्षतिबारे तत्काल कुनै विवरण सार्वजनिक भएको छैन।