रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे पनि दलहरूबीच छलफल हुने जनाइएको छ।
त्यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा समेत बैठकमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन्।







