बुधबार सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख १ हजार ८ सय
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो। महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदीको भाउ प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यससँगै एकै दिन सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको महासंघले जनाएको छ।







