रास्वपा सांसद प्रसाईंको टिप्पणी : आफ्नै सरकारको पालामा महँगीले अग्रगामी छलाङ मार्‍यो

User Image Prime TV News १६ मिनेट अगाडि
Image of रास्वपा सांसद प्रसाईंको टिप्पणी : आफ्नै सरकारको पालामा महँगीले अग्रगामी छलाङ मार्‍यो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईले आफ्नै पार्टी नेतृत्वको सरकारका पालामा बजारमा महँगी बढेको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले देश विपत्बाट गुज्रिरहेका बेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बताए। उनले प्याज, चिनी, चामल र तेललगायत दैनिक आवश्यकताका वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको उल्लेख गरे।

‘देश विपत्ले छटपटाइरहेको बेला बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो,’ उनले भने, ‘प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो। चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामीजस्ताको ढाड सेकियो।’

सांसद प्रसाईंले विपत्को समयमा बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।