माडागास्करका राष्ट्रपति देश छाडेर भागे
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना हालै देश छाडेर भागेका छन् ।
सेप्टेम्बर २५ देखि चर्किएको जेनजी पुस्ताको आन्दोलनपछि उनी फ्रान्सेली विमानमार्फत देश छोडेको बताइएको छ। प्रदर्शनको सुरुवात खानेपानी र बिजुलीको अभावविरुद्ध भए पनि पछि भ्रष्टाचार, खराब शासन र गरिबीका मुद्दा उठाउँदै आन्दोलन व्यापक बनिएको थियो।
सेनाको विशेष इकाइले समेत प्रदर्शनकारीको पक्षमा उभिएपछि राष्ट्रपतिमा दबाब थपिएको हो। राजधानीमा हजारौं प्रदर्शनकारी अझै सडकमै छन् भने नयाँ कार्यवाहक राष्ट्रपति तोकिएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म आन्दोलनमा २२ जनाको मृत्यु भइसकेको छ। करिब ३ करोड जनसंख्या भएको देशमा तीन चौथाइ जनता गरिबीको रेखामुनि छन्।












