प्रतिनिधिसभा बैठक आज, सामुद्रिक जैविक विविधता सम्झौतामाथि छलफल हुँदै

User Image Prime TV News ५८ मिनेट अगाडि
Image of प्रतिनिधिसभा बैठक आज, सामुद्रिक जैविक विविधता सम्झौतामाथि छलफल हुँदै

काठमाडौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकका लागि सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

उक्त सम्झौताले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण तथा त्यसको दिगो प्रयोगसँग सम्बन्धित विषय समेट्छ।

यसैबीच, सङ्घीय संसद्अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक पनि आज बस्दै छ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

समितिका बैठकमा सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।