काठमाडौं उपत्यकामा ग्यासको मूल्य पुरानै, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम

User Image Prime TV News ३ घण्टा अगाडि
Image of काठमाडौं उपत्यकामा ग्यासको मूल्य पुरानै, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम

काठमाडौ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास आजदेखि पुरानै मूल्यमा बिक्रीवितरण हुने भएको छ।

कृष्णभिरमा पहिरो गएपछि राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास ढुवानी गर्नुपरेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा बढेको लागत समायोजन गर्न प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप गरिएको थियो।

तर, कृष्णभिरमा नयाँ ट्र्याक खोलिएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै ढुवानी लागत घटेकाले ग्यासको मूल्य पुरानै दरमा फर्काइएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बुधबार नै बिहीबारदेखि ग्यास पुरानै मूल्यमा बिक्री गरिने जानकारी दिएका थिए।

अब काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम हुनेछ।