सुनको भाउ फेरि ३ लाखमुनि
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँभन्दा तल झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घटेको हो। बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो।







