प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता

User Image Prime TV News ५७ मिनेट अगाडि
Image of प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता

काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चीनका रक्षामन्त्री एडमिरल डोङ जुनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले चिनियाँ रक्षामन्त्रीसँग भेट गरी आपसी हित तथा दुई देशबीचको सैनिक सम्बन्धका विषयमा छलफल गरेका हुन् । नेपाली सेनाका अनुसार भेटवार्ताका क्रममा नेपाल–चीनबीचको सैनिक सम्बन्ध तथा पारस्परिक हितका विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षणसमेत गरेका छन् । उनले विश्वविद्यालयका गतिविधि तथा संरचनाबारे जानकारी लिएका थिए । यसैगरी, बेइजिङमा आयोजना भएको १३औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा पनि प्रधानसेनापति सिग्देल सहभागी भएका छन् ।

प्रधानसेनापति सिग्देलको चीन भ्रमणलाई नेपाल–चीन सैनिक सम्बन्धका विभिन्न पक्षमा छलफल तथा सहकार्य अघि बढाउने अवसरका रूपमा हेरिएको छ ।