Ad Image

जसपा नेपालले असोज ३ लाई विरोध दिवसका रूपमा मनाउने

User Image Prime TV News ३ घण्टा अगाडि
Image of जसपा नेपालले असोज ३ लाई विरोध दिवसका रूपमा मनाउने

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले असोज ३ गतेलाई ‘विरोध दिवस’का रूपमा मनाउने भएको छ।

पार्टी नेता पूर्ण बस्नेतका अनुसार असोज ३ गते वर्तमान संविधानका मूलभूत विषयवस्तु तथा संविधान संशोधनको आवश्यकता विषयमा अन्तरक्रिया, बहस र विचार गोष्ठी आयोजना गरिनेछ।

जसपा नेपालले संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेकोलगायत महत्वपूर्ण उपलब्धि समेटिएको भए पनि अन्तरिम संविधानमा सहमति भएका केही विषय बहुमत र अल्पमतका आधारमा उल्टाइएको दाबी गरेको छ।

संविधानमा अधिकांश सकारात्मक पक्ष समेटिए पनि अझै विभेद कायम रहेको पार्टीको निष्कर्ष रहेको बस्नेतले बताए। संविधान संशोधन तथा परिमार्जन आवश्यक रहेको भन्दै जसपा नेपालले असोज ३ गते सबै जिल्ला समितिलाई अन्तरक्रिया, बहस तथा विचार गोष्ठी आयोजना गर्न निर्देशन दिएको छ।

पार्टीले संविधानका विषयमा बहस र छलफलमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने जनाएको छ।