सुनको भाउ एकै दिन ३६ सय रुपैयाँले बढ्यो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। एकैदिन सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेसँगै प्रतितोला मूल्य ३ लाख रुपैयाँभन्दा माथि पुगेको हो।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १५० रुपैयाँले वृद्धि भएर ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो। यससँगै शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।








