एन्फा मुख्यालयमा सीआईबीको छापा
Prime TV News ४९ मिनेट अगाडि 
काठमाडौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मारेको छ।
सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा छापा मारिएको पुष्टि गरेका छन्। उनका अनुसार अनुसन्धानका लागि आवश्यक पर्ने केही कागजात सीआईबीको टोलीले नियन्त्रणमा लिएको छ।
एन्फासँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाउने क्रममा सीआईबीले मुख्यालयमा छापा मारेको हो। अनुसन्धानको विषय र नियन्त्रणमा लिइएका कागजातबारे भने सीआईबीले थप विवरण सार्वजनिक गरेको छैन।








