सरकारद्वारा शान्ति प्रक्रियासम्बन्धी दुई आयोगमा जनशक्ति थप


काठमाडौं । सरकारले शान्ति प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा जनशक्ति थप गर्ने निर्णय गरेको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि ५८ जना अधिकृत तहका अस्थायी दरबन्दी स्वीकृत गरेको हो। यो दरबन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा स्वीकृत गरिएको हो ।
जनशक्ति अभावका कारण आयोगहरूको काममा ढिलाइ हुँदै आएको र निर्धारित लक्ष्यअनुसार छानबिन प्रक्रिया अघि बढ्न नसकेको गुनासो आयोग पदाधिकारीहरूले गर्दै आएका थिए।
सरकारको यस निर्णयले द्वन्द्वकालीन घटनाको सत्यतथ्य उजागर गर्ने, पीडितलाई न्याय दिलाउने र शान्ति प्रक्रियालाई अघि बढाउने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।