पूर्वसभामुख महराविरुद्ध सुन तस्करी मुद्दामा अदालतमा बयान सुरु

User Image Prime TV News ११ महिना अगाडि
Image of पूर्वसभामुख महराविरुद्ध सुन तस्करी मुद्दामा अदालतमा बयान सुरु

काठमाडौ । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध दायर सुन तस्करीसम्बन्धी पूरक मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बयान प्रक्रिया सुरु भएको छ। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सोमबारबाट उनको बयान लिइन थालेको हो।

सरकारी वकिल कार्यालयले सोमबार महराविरुद्ध अभियोगपत्र दर्ता गर्दै ८ करोड ५५ लाख रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय माग दाबी गरेको छ। मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा अदालतले महरालाई बयान दिन बोलाएको हो।

यसअघि आइतबार मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो। उनीमाथि २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गद्वारा इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याइएको अवैध सुनको तस्करीमा संलग्न रहेको आरोप लागेको छ।