देउवा दम्पती ३४ दिनपछि सार्वजनिक रूपमा देखिए, कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ३४ दिनपछि सार्वजनिक रूपमा देखिएका छन्।
जेनजी आन्दोलनको क्रममा आफ्नै निवासमा भएको सांघातिक आक्रमणपछि पहिलोपटक आज उनीहरू कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका हुन्।
गाडी केही दूरीमा रोकिके र देउवा दम्पती पैदल हिँड्दै कार्यालय प्रवेश गरेका थिए । पार्टी कार्यालयमा कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यकर्ताहरूले ताली र नारासहित स्वागत गरेका थिए।
डा. आरजु राणा हल्का मुस्कानसहित आत्मविश्वासी देखिइन् भने देउवा सामान्यभन्दा केही गम्भीर मुद्रामा देखिए। पार्टी कार्यालयमा उपस्थित कार्यकर्ताहरूसँग हात जोडेर अभिवादन गरेका देउवा दम्पतिलाई पार्टी उपसभापति पूर्णबहादुर खड्काले स्वागत गरेका थिए ।













