देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, असोज ३० मा बस्ने

User Image Prime TV News ११ महिना अगाडि
Image of देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, असोज ३० मा बस्ने

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज ३० गतेसम्मका लागि स्थगित गरिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै बैठक स्थगित गरिएको हो। सभापति देउवा करिब एक महिनापछि सार्वजनिक रुपमा देखिएका हुन्। जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पती ३४ दिनपछि सार्वजनिक रूपमा आएका हुन्।

बैठक अघि सभापति देउवाले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छुट्टै छलफल गरेका थिए। महामन्त्रीद्वयले मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। तर देउवासँग सहमति नजुटेपछि बैठकलाई केही दिनका लागि सारिएको हो।

कांग्रेसमा आगामी महाधिवेशनको मिति, संगठनात्मक विवाद समाधान र रणनीतिक मुद्दामा पार्टी नेतृत्वबीच मतभेद चुलिंदै गएको छ। स्थगित बैठकमा यी विषयमा थप छलफल हुने बताइएको छ ।