जनमत पार्टी विभाजन, दीपक साहको नेतृत्वमा 'जनस्वराज पार्टी' दर्ता
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक दलको रूपमा जनस्वराज पार्टी निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। आयोगले दीपक साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सहित नयाँ दलको दर्ता स्वीकृत गरेको हो।
निर्वाचन आयोगका अनुसार, जनस्वराज पार्टीले आफ्नो झण्डामा निलो, सेतो र रातो रङ्गका ठाडो धर्का राख्ने प्रस्ताव गरेको छ। पार्टीको छाप गोलाकार हुने बताइएको छ, जसको बाहिरी घेरामा पार्टीको नाम लेखिनेछ भने मध्य भागमा निर्वाचन चिन्ह रहनेछ।
हालसम्म जनस्वराज पार्टीले कुनै विशेष निर्वाचन चिन्ह माग नगरेको आयोगले जनाएको छ। आयोगले अन्य दर्ता दलहरूसँग नदोहोरिने गरी उपयुक्त चिन्हको प्रस्ताव गर्न पार्टीलाई निर्देशन दिएको छ।







