धितोपत्र दोस्रो बजारमा परिसूचक र कारोबार रकम दुवै घटे, नेप्से १९.४३ अंकले तल
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । मंगलबार धितोपत्र दोस्रो बजारमा नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा सीमित भएको छ। सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेको थियो भने आइतबार ३.०५ प्रतिशतले घटेको थियो।
आजको कारोबार रकम पनि घटेको छ। मंगलबार करिब ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन सोमबारको ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबारभन्दा कम हो। कुल ३३ कम्पनीको सेयरमूल्य बढेको छ भने २१४ कम्पनीको सेयरमूल्य घटेको छ। पाँच कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
बजार घट्दा पनि शुभम् पावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले उक्लिएको छ। त्यसैगरी, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार सर्वाधिक रहेको छ। आज यस कम्पनीका ३२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
समूहगत हिसाबले म्युचुअल फन्ड, ‘अन्य’ र व्यापार समूहको परिसूचक वृद्धि भएको छ। म्युचुअल फन्ड समूह ०.०६ प्रतिशत, ‘अन्य’ समूह ०.७८ प्रतिशत र व्यापार समूह १.४८ प्रतिशतले बढेको छ। बाँकी समूहको परिसूचक भने घटेको छ।







