धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु

User Image Prime TV News ३ महिना अगाडि
Image of धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु

काठमाडौ । धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ ।

बैंकले १० ग्राम प्रति सिक्को मूल्य ३२ सय रुपयैया तोकेको छ । सुनको असर्फि भने यस बर्ष बिक्रिबितरण नगरिने महाशाखाले जानकारी दिएको छ । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का विक्रि बितरण गर्दै आएको थियो ।

तर केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फि छाप्ने बिषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै बिक्री बितरण गरिएको महाशाखाले जनाएको छ । चाँदीको सिक्का बिक्री शुरु भएसंगै सर्वसाधारणहरु लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न महाशाखा पुगेका छन् ।