धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु

User Image Prime TV News ११ महिना अगाडि
Image of धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु

काठमाडौ । धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ ।

बैंकले १० ग्राम प्रति सिक्को मूल्य ३२ सय रुपयैया तोकेको छ । सुनको असर्फि भने यस बर्ष बिक्रिबितरण नगरिने महाशाखाले जानकारी दिएको छ । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का विक्रि बितरण गर्दै आएको थियो ।

तर केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फि छाप्ने बिषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै बिक्री बितरण गरिएको महाशाखाले जनाएको छ । चाँदीको सिक्का बिक्री शुरु भएसंगै सर्वसाधारणहरु लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न महाशाखा पुगेका छन् ।