एसियन कप छनोटबाट नेपाल बाहिरियो, लगातार चौथो हारसँगै निराशाजनक यात्रा समाप्त

User Image Prime TV News ११ महिना अगाडि
Image of एसियन कप छनोटबाट नेपाल बाहिरियो, लगातार चौथो हारसँगै निराशाजनक यात्रा समाप्त

काठमाडौ । एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणमा लगातार चौथो पराजय व्यहोरेसँगै नेपाली राष्ट्रिय फुटबल टोली प्रतियोगिताबाट समय अगावै बाहिरिएको छ। आज भएको खेलमा नेपाल भियतनामसँग १० ले पराजित हुँदै दुई खेल बाँकी रहँदै प्रतियोगिता समाप्त गर्न बाध्य भएको हो।

समूहएफमा नेपालले अहिलेसम्म एक अंक समेत जोड्न सकेको छैन। चार खेलमा लगातार हार बेहोरेको नेपालले ८ गोल खाँदै केवल २ गोल मात्र फर्काउन सकेको छ। यससँगै नेपाल समूहको पुछारमा पुगेको छ।

भियतनामविरुद्धको खेलमा पाँचौँ मिनेटमै नेपाली डिफेन्डर सुमन श्रेष्ठको आत्मघाती गोलले टिमलाई संकटमा पार्‍यो। त्यसपछि नेपालले बराबरी गर्ने प्रयास गरे पनि अवसरहरू गोलमा परिणत गर्न सकेन।

यसअघि नेपाल लाओससँग २, मलेसियासँग २० र भियतनामसँग पहिलो भेटमा ३१ ले पराजित भएको थियो। लगातार पराजय र कमजोर प्रदर्शनपछि नेपाली फुटबलको समग्र स्तर र तयारीमाथि पुनः गम्भीर प्रश्न उठेका छन्। अब बाँकी रहेका दुई खेल नेपालका लागि केवल औपचारिकता मात्र बनेका छन् ।