बझाङमा मध्यराति भूकम्प, अहिलेसम्म कुनै क्षतिको खबर छैन
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा आज राति करिब १ः०८ बजे भूकम्पको तेज धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु तलकोट गाउँपालिका–दातोला क्षेत्र रहेको पुष्टि गरिएको छ ।
भूकम्पको झट्का बझाङका विभिन्न क्षेत्रसँगै नजिकका जिल्लाहरू बैतडी, बाजुरा र डोटीमा समेत महसुस गरिएको बताइएको छ।
रातिको समयमा अचानक आएको धक्काले स्थानीयवासीहरू त्रसित बनेका थिए र धेरैजना सुरक्षाका लागि घरबाहिर निस्किएका थिए।
हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। प्रहरीले भूकम्पपछि विभिन्न गाउँबाट जानकारी संकलन गरिरहेको जनाएको छ ।







