संसद पुनर्स्थापनाबारे सभामुखले दलहरूसँग छलफल गर्दै

User Image Prime TV News ३ महिना अगाडि
Image of संसद पुनर्स्थापनाबारे सभामुखले दलहरूसँग छलफल गर्दै

काठमाडौ ।विघटित प्रतिनिधिसभाको पुर्नस्थापनाको बिषयमा सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्दैछन् । 

सभामुखको कार्यकक्षमा बिहान ९ बजे सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, र अन्य दलका शीर्ष नेता सहभागी भएका छन्।

छलफलको मुख्य उद्देश्य विघटनको घटनाबारे दलहरूको आधिकारिक धारणा एकत्रित गर्नु र संसद पुनर्स्थापनाबारे सम्भावित कानुनी कदम तय गर्नु रहेको बताइएको छ ।

छलफलपछि सभामुख घिमिरेले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन र सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिहरूसँग संवैधानिक परामर्श गर्ने तयारी गरेका छन्।

सभामुखले दलहरूको साझा मतका आधारमा संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा जाने वा नजाने निर्णय गर्ने सम्भावना छ।