राप्रपाका प्रवक्ताले जेनजीका माग पूरा नभएसम्म संसद पुनर्स्थापनाको प्रक्रिया स्थगित गर्न आग्रह

User Image Prime TV News ११ महिना अगाडि
Image of राप्रपाका प्रवक्ताले जेनजीका माग पूरा नभएसम्म संसद पुनर्स्थापनाको प्रक्रिया स्थगित गर्न आग्रह

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले संविधान संशोधनका लागि जारी जेनजीका मागहरू पूरा नभएसम्म संसद पुनर्स्थापनाको प्रक्रिया अघि नबढाउन सुझाव दिएका छन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सहमति जुटाउन आह्वान गरेका प्रमुख राजनीतिक दलहरूको बैठकमा शाहीले देशमा जारी राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको जरा संरचनागत कमजोरीहरूमा रहेको बताए। उनले भने, “संविधानमा रहेका आधारभूत त्रुटिहरू सुधार नगरी संसद पुनर्स्थापनाले स्थायी समाधान ल्याउन सक्दैन।”

शाहीले संसदलाई पुनर्स्थापनाका साटो देशलाई स्थायी र सही दिशा दिने उद्देश्यले तत्काल ८ बुँदे संरचनागत सुधार अघि बढाउनुपर्ने आग्रह पनि गरे। उनले भने, “राप्रपा ती मागहरू पूरा नभएसम्म संसद पुनर्स्थापनाको पक्षमा छैन।”

राप्रपाले वर्तमान राजनीतिक प्रणालीको असफलताका कारण उत्पन्न अस्थिरता, भ्रष्टाचार र कमजोर शासनलाई जडबाटै सुधार्न नसकिने भन्दै ती मागहरूको संवैधानिक कार्यान्वयन अनिवार्य भएको स्पष्ट पारेको छ।